नेपालमा आज ३ हजार १२२ जनामा कोरोना संक्रमण, २८ जनाको मृत्यु

नेपालमा आज ३ हजार १२२ जनामा कोरोना संक्रमण, २८ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नेपालमा आज ३ हजार १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये एन्टीजेन परीक्षणबाट ९० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ।

यससँगै संक्रमितको कूल संख्या ३ लाख ११९ जना पुगेको छ। आज देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ३८२ जना रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५० जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७७ हजार ५७३ पुगेको छ। 

आज २८ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १६४ पुगेको छ। नेपालमा हालसम्म २४ लाख ५ हजार १७ जनाको पीसीआर परीक्षण गरिएको छ।

Logo