आज चैत्र शुक्ल पूर्णिमा, रामदूत हनुमानको जन्मजयन्तीका रूपमा मनाइँदैछ। हनुमानको जन्मजयन्ती सनातन धर्मका अनुयायीले मनाउँछन्।
रामायण कथाहरू, पात्रहरू अनि घटनाक्रममा हनुमान सबैभन्दा लोकप्रिय, दयावान अनि शक्तिशाली पात्रका रूपमा देखिन्छन् ।
रामभक्त अनि बलवान हनुमानलाई बल र शाहसको पर्यायका रूपमा पनि अभिब्यक्त गरिएको पाइन्छ।
पौराणिक कथामा उल्लेख भए अनुसार अन्जानेरी पर्वतमा जन्मिएका हनुमानकी आमा अन्जना एउटी अप्सरा हुन्। जो आफूमाथि परेको श्रापको कारणले पृथ्वी लोकमा बसेकी हुन् । हनुमानका पिता सुमेरु पर्वतका राजा वृहस्पतिका छोरा केशरी हुन्। आज हनुमानको विशेष पूजा पनि गर्ने गरिन्छ।





























प्रतिक्रिया