पीसीआर परीक्षणको शुल्क तोकिए भन्दा बढी नलिन सरकारको निर्देशन

पीसीआर परीक्षणको शुल्क तोकिए भन्दा बढी नलिन सरकारको निर्देशन

केन्द्रबिन्दु
0
Shares

कोरोनाको पीसीआर परीक्षणको शुल्क तोकिएको भन्दा बढी  नलिन सरकारले सम्बन्धित प्रयोगशालाहरुलाई निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै केही निजी प्रयोगशालाहरुले तोकिएभन्दा बढी परीक्षण शुल्क उठाएको गुनासो आएकाले थप शुल्क नलिन निर्देशन दिएको हो ।

तोकिएको भन्दा बढी शुल्क लिएको भेटिएमा त्यस्ता प्रयोगशालाहरुलाई परीक्षणको सूचीबाट हटाइने समेत मन्त्रालयले चेतावनी दिएको छ।

सरकारले सरकारी प्रयोगशालाका लागि पीसीआर परीक्षण शुल्क एक हजार र निजी प्रयोगशालाका लागि २ हजार रुपैयाँ  तोकेको छ।

Skip This
Skip This
Logo