संरक्षित उल्लु चरोसहित पक्राउ

संरक्षित उल्लु चरोसहित पक्राउ

केन्द्रबिन्दु
0
Shares

धुलिखेल नगरपालिका-९ काभ्रेभञ्ज्याङस्थित विपि राजमार्गबाट संरक्षित जिउँदो उल्लु चरोसहित रामेछाप जिल्ला रामेछाप नगरपालिका-२ भिरकोट बस्ने ३४ वर्षीय केशर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भकुण्डेबाट धुलिखेलतर्फ पैदल आइरहेका केशरलाई उक्त चरो सहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय धुलिखेल काभ्रे पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

Skip This
Skip This
Logo