कालोबजारी रोक्न सरकारले खाद्यान्न अनलाइनबाट बिक्री गर्ने

कालोबजारी रोक्न सरकारले खाद्यान्न अनलाइनबाट बिक्री गर्ने

केन्द्रबिन्दु
0
Shares

कोरोना संक्रमण दोस्रो लहर तीव्र रुपमा फैलिएसँगै सरकारले संक्रमण नियन्त्रणको लागि काठमाडौं उपत्यकासहित १६ जिल्लामा लकडाउन (निषेधाज्ञा) लागू गरेको छ ।

काठमाडौं उपत्यकामा सरकारले निषेधाज्ञाको अवधिमा उपभोक्तालाई दैनिक उपभोग्य बस्तु सहजै उपलब्ध गराउन ४ स्थानमा  बिक्री केन्द सञ्चालन सुरु गर्ने भएको छ ।

सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले निषेधाज्ञाको अवधिमा हुनसक्ने कालोबजारी रोक्न र खाद्य बस्तुको अभाव हुन नदिन सेवा शुरू गर्न लागेको कम्पनीले जनाएको छ ।  
कम्पनीले थापाथली, नख्खु, रामशाहपथ र सूर्यविनायकमा बिक्री कक्ष राखेर उपभोक्तालाई सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तु लगायत खाद्यान्न बिक्री गर्ने तयारी गरेको छ ।

सूर्यविनायक र रामशाहपथको बिक्री केन्द्रबाट बिहान ७ देखि ११ बजेसम्म साथै नख्खुमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म खाद्यान्न बिक्री गरिने कम्पनीले जनाएको छ ।

सामान निःशुल्क होम डेलिभरी गर्नुका साथै कम्पनीले नेपाल फुड तथा सस्तो डिलमार्फत अनलाइन अर्डर गर्ने व्यवस्थासमेत मिलाएको छ ।

Logo