तुलसीपुरमा कारभित्र तीन शिशु मृत फेला, अनुसन्धान हुँदै

तुलसीपुरमा कारभित्र तीन शिशु मृत फेला, अनुसन्धान हुँदै

केन्द्रबिन्दु
0
Shares

दाङको तुलसीपुरमा तीन शिशु मृत फेला परेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्याउली बजारमा रोकिराखिएको भारतीय जे ०१६६०८८५ नम्बरको कारमा शिशु मृत फेला परेका हुन् । 

उनीहरुलाई गए राति फेला पारिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए। शिशु मृत फेला परेको कार लामो समयदेखि त्यस स्थानमा पार्किङमा राखिएको प्रहरीले बताएको छ।  

प्रनाउ सिंहका अनुसार सोही स्थानमा अर्को गाडी पार्किङ गर्न राख्ने क्रममा शव गन्हाएको थाहा पाएपछि हेर्दा मृत शिशु रहेको पाइएको हो। मृत शिशुको पहिचान खुल्न सकेको छैन।रासस

Skip This
Skip This
Logo