नेपालमा आज ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये एन्टीजेन परीक्षणबाट ५४ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। यो संख्या हाल सम्मकै उच्च संख्या हो।
सोमबार ७ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। मंगलबार ७ हजार ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यससँगै संक्रमितको कूल संख्या ३ लाख ५९ हजार ६६४ जना पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ८९ हजार ७८३ पुगेको छ।
आज ५८ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ४७५ पुगेको छ।





























प्रतिक्रिया