सिन्धुपाल्चोकमा आजदेखि एक हप्ता निषेधाज्ञा

सिन्धुपाल्चोकमा आजदेखि एक हप्ता निषेधाज्ञा

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोकमा दोस्रो लहरको कोरोना भाइरस संक्रमणमा वृद्धि हुँदै गएपछि वैशाख २३ गते (आज) बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइने भएको छ। 

जिल्लाको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकको निर्णय अनुसार बिहीबारदेखि निषेधाज्ञा लगाइने भएको हो। 

यसैगरी चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ कुबिण्डे र वडा नम्बर ९ कदमबाससहित दुई वडालाई आजदेखि बन्द गरिएको छ। ती वडामा संक्रमित वृद्धि हुँदै जान थालेपछि सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए।

Skip This
Skip This
Logo