सरकारले चीनबाट पहिलो चरणमा चार सय वटा खाली सिलिन्डर ल्याउँदै

सरकारले चीनबाट पहिलो चरणमा चार सय वटा खाली सिलिन्डर ल्याउँदै

केन्द्रबिन्दु
0
Shares

सरकारले चीनबाट पहिलो चरणमा चार सय खाली अक्सिजनका सिलिन्डर ल्याउने भएको छ। उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका अध्यक्षतामा शुकबार बसेको बैठकले २० हजार खाली सिलिन्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिन्डर ल्याउन लागेको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए। 

सिलिन्डर ल्याउनका लागि वैशाख २७ गते नेपाल वायु सेवा निगमको वाइडबडी विमान चीन जाने भएको हो। बीस हजारमध्ये दुई हजार जहाजबाट र १८ हजार सडकमार्ग हुँदै नेपाल ल्याइने छ। 

नेपाल सरकारको अनुरोधमा चीन सरकारले निःशुल्क ती सिलिन्डर पठाउन लागेको हो। नेपालमा अहिले अक्सिजन सिलिन्डर ६ हजार २८८ रहेको र दैनिक एक हजार ४११.५ लिटर खपत भइरहेको जनाइएको छ।

Skip This
Skip This
Logo