काउण्टरकै कर्मचारीबाट यात्रु ठगी, पक्राउ गर्दै ट्राफिक प्रहरी

काउण्टरकै कर्मचारीबाट यात्रु ठगी, पक्राउ गर्दै ट्राफिक प्रहरी

केन्द्रबिन्दु
0
Shares

उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात वैदेशिक रोजगारबाट फर्किने र जरुरी काम परि उपत्यका बाहिरका जिल्लाहरु जाने यात्रुहरुलाई काउण्टरका कर्मचारीहरुले ६ गुणा बढीसम्म भाडा लिई ठगी गर्ने गरेको पाइएको छ।

दैनिकजसो बढी भाडा लिई यात्रु ठगी गर्ने कार्यमा संलग्न काउण्टरका कर्मचारीहरु नै ट्राफिक प्रहरीको फन्दामा पर्दै आएका छन्। यसले महामारीको अवस्थामा मौकाको फाइदा लिने समूह सक्रिय रहेको देखाउँछ। हालसम्म महाशाखाले एक्काईस जनालाई पक्राउ गरि कारबाहीको दायरामा ल्याएको छ। 

'निषेधाज्ञा लागू भएपछि अत्याबश्यक काम विशेष र विदेशबाट आई बाहिरी जिल्ला फर्किने यात्रुहरुसँग तोकिएको भन्दा बढी भाडा लिनेलाई कारबाही गर्न डेडिकेटेड सिभिल टोलीसमेत परिचालन गरेका छौं।' टोलीले त्यस्ता स्थान तथा काउण्टरहरुमा गई निग्रानी गर्ने, यात्रुको भेषमा भाडा बार्गेनिङ्ग गर्ने, गोप्यरुपमा बुझ्ने र यात्रुसँग सोधपुछ गर्ने गर्दछ, टोलीले आइतबार मात्रै ४ जनालाई पक्राउ गरि कारबाहीको दायरामा ल्याएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए।

'हामी निरन्तर अनुगमन एब गोप्य निग्रानी गरिरहेका छौं, तोकिएको भन्दा बढि भाडा लिएको पाइए जोसुकैलाई नियन्त्रणमा लिन्छौं', पछिल्लो समय काउन्टरका कर्मचारी तथा बुकिङ्ग स्टाफहरु नै बढी भाडा लिएको कसुरमा पक्राउ पर्नु सोचनिय बिषय रहेको र यातायात व्यबसायीहरुको समेत यसतर्फ विशेष ध्यान जानुपर्ने उनले भने। 

निषेधाज्ञा घोषणा पश्चात गंगबु बसपार्क, कलंकी, कोटेश्वर र गौशाला क्षेत्रबाट ट्राफिक प्रहरीले यात्रु ठग्ने काउण्टरका कर्मचारी र बुकिङ्ग स्टाफलाई पक्राउ गरेको हो । 

ट्राफिक प्रहरीले काठमाडौंको ढुङ्गेधाराबाट बझाङ्ग जयपृथ्बी नपा ८ का वर्ष २४ को योगेन्द्र बोहोरा र वर्ष ३० का आकाश विष्टलाई पक्राउ गरेको हो। ना८ख८४९४ नम्बरको शुभ बिहानी यातायातमार्फत धनगढी जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिएका हुन्।

त्यसैगरि थाहा नपा ३ हेटौंडा घर भई बालाजु बस्ने वर्ष ३२ का अमृत विष्ट र गोर्खा घर भई मित्रनगर बस्ने वर्ष ४५ का सोमबहादुर गुरुङ्गलाई नयाँ बसपार्कबाट पक्राउ गरेको हो। उनीहरुले धनगढी जाने यात्रुसँग प्रतिब्यक्ति चार हजारदेखि पैतालिस सयसम्म लिने गरेको महाशाखाले जनाएको छ।

पक्राउ परेका चार जनालाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बालाजुमा बुझाएको महाशाखाले जनाएको छ।

महाशाखाले अत्यावश्यक परि यात्रा गर्नुपरेमा टिकट काटेर मात्र यात्रा गर्न र तोकिएको भन्दा बढी भाडा लिएमा प्रहरीको हटलाईन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ।

Skip This
Skip This
Logo