काठमाडौंको टेकू स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पिसिआर परीक्षण रोकेको छ।
अस्पतालले मुख्य प्रवेशद्वारमा नै पिसिआर परीक्षण स्थगित गरिएको सूचना टाँसेपछि परीक्षण गर्न अस्पताल पुगेकाहरु त्यसै फर्किएका छन् । मुख्य गेटमा टाँसिएको सूचनामा भनिएको छ “विशेष कारण बस अर्को सुचना नभएसम्मको लागि यस अस्पतालबाट गरिदै आएको पिसिआर परीक्षण कार्य बन्द गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ। यसबाट आम सर्वसाधारणमा परेको असुविधाको लागि क्षमाप्रार्थी छौं।”
अस्पताल प्रशासन स्रोतका अनुसार प्रयोगशालाका लागि आवश्यक सामाग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको हो।
यसैबीच, संघीय राजधानी काठमाडौंकै अस्पतालमा पनि विरामीहरुले बेड नपाएर अस्पताल बाहिर बस्नु परेको छ । कोभिड संक्रमण भई अक्सिजन दिनुपर्ने विरामीहरु शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको गेट बाहिर बसेर उपचार गराउन बाध्य भएका छन्।





























प्रतिक्रिया