उपचार मात्रैले हुँदैन, स्वास्थ्यका मापदण्डलाई कडाईका साथ पालना गर्नुपर्छ: डा.राजेश साम्भाजीराव पाण्डव

उपचार मात्रैले हुँदैन, स्वास्थ्यका मापदण्डलाई कडाईका साथ पालना गर्नुपर्छ: डा.राजेश साम्भाजीराव पाण्डव

केन्द्रबिन्दु
0
Shares

विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा.राजेश साम्भाजीराव पाण्डवले उपचार मात्रैले संक्रमण नियन्त्रण नहुने भएकाले जनस्वास्थ्यका मापदण्डलाई कडाईका साथ पालना गर्नुको बिकल्प नभएको बताएका छन् । उनले विश्वभर नै महामारी निरन्तर रुपमा बढ्दै गएको तथा मृत्युको संख्या पनि बढीरहेकाले उपचार भन्दा पनि स्वास्थ्यको मापदण्ड पालना गर्ने तर्फ सबै सचेत इमान्दार हुन आवश्यक रहेको बताएका हुन् । 

संक्रमण नियन्त्रणका लागि खोप महत्वपूर्ण तथा शक्तिशाली उपाय भएपनि खोपको तत्काल सुनिश्चिता र पहुँचमा नरहेकाले स्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्नुपर्नेमा उनले जोड दिए । २ सय ७५ भन्दा बढी खोपहरु विकासको चरणमा रहेको र ९१ को चिकित्सकिय रुपमा प्रयोग भई नियामक निकायले कतिपयलाई आपतकालिन प्रयोगका लागि पनि अनुमति दिईसकेकाले केही आशाका किरण पनि देखा पर्न थालेको उल्लेख गरे ।

उनले विश्व नै एकिकृत हुनसक्ने हो भने खोपको पर्याप्त उत्पादनमा अभूतपूर्व तिब्रता हासिल गर्न सकिने विश्वास व्यक्त गरे । तर त्यसका लागि सबै सरकारहरुबाट तत्कालै महत्वपूर्ण राजनीतिक तथा आर्थिक प्रतिवद्धता आवश्यक पर्ने उनले बताए। दक्षिणपूर्वी एशिया र विकासशील राष्ट्रहरुमा खोपको वितरणमा अत्यासलाग्दो असन्तुलन बताए।

बलियो स्वास्थ्य प्रणाली र जनस्वास्थ्यको क्षमता निर्माणमा लगानी गरेका देशहरुले कोभिड १९ को सामना गर्न बढी सक्षम भएबाट अन्य देशले स्वास्थ्य प्रणालीको निर्माण तथा जनस्वास्थ्य क्षमताको सवलीकरणमा लगानी गर्नुपर्ने रहेछ भन्ने पाठ सिकेको उनले बताए । विगतका दशकमा स्वास्थ्य प्रणालीमा गरिएको अपर्याप्त लगानीको प्रतिफल नै कोभिड १९ को संकटको रुपमा दुर्भाग्यवस देखापरेको तर्क उनले गरे।

Skip This
Skip This
Logo