शव दाहसंस्कारमा संलग्न कर्मचारीलाई भत्तास्वरूप प्रतिशव एक हजार

शव दाहसंस्कारमा संलग्न कर्मचारीलाई भत्तास्वरूप प्रतिशव एक हजार

केन्द्रबिन्दु
0
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रको विकास र विस्तारभन्दा पनि उद्धार र राहतमा केन्द्रित हुनेगरी नीति बनाउन कर्मचारीलाई निर्देशन दिएका छन्। 

संस्कृतिमन्त्रीमा पुनः नियुक्त ढकालले शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै कोभिड–१९ कारण थला परेको पर्यटन व्यवसायले राहत पाउनेगरी नीति बनाउन आग्रह गरे। उनले नीति र बजेट दुवै प्रभावकारी हुने गरी तयारी गर्न पनि निर्देशन दिए।

मन्त्री ढकालले पशुपतिमा कोभिड सङ्क्रमित भएका शव दाहसंस्कारमा संलग्न हुने कर्मचारीलाई प्रोत्साहन भत्तास्वरूप प्रतिशव एक हजार दिइने निर्णयको फाइल सदर गरेको पर्यटनमन्त्रीका प्रेस संयोजक माधवप्रसाद तिवारीले जानकारी दिए। 

यसअघि सरकारले निर्णय गरेर जोखिम भत्ता दिने निर्णय गरिए पनि पशुपति आर्यघाटमा शव दाहसंस्कारमा सहभागी हुने कर्मचारी परेका थिएनन्। अब उनीहरूले पनि प्रोत्साहन भत्ता पाउने भएका छन्।

Logo