काभ्रेको बनेपा नगरपालिका वडा नं १० जनगालमा कोभिड समर्पित अस्पतालका रुपमा सञ्चालन गरिने भएको छ।
नगरपालिकाले अस्पतालसँग सम्झौता गरी कोभिड बिरामीको उपचारका लागि व्यवस्था गर्न आवश्यक प्रबन्ध मिलाएको छ। नगरपालिकाबाट १५ शय्याको स्वीकृति लिई सञ्चालन गर्न लागिएको अस्पतालमा पहिलो चरणमा चार शय्याको सघन उपचार कक्ष र ६ शय्याको अक्सिजनसहितको श्यया हुनेछ।
नगरपालिका र अस्पताल प्रशासनबीच आठबुँदे सम्झौता गरी सुरुमा १५ शय्या र पछि २५ शय्या नै सञ्चालन गर्ने गरी आवश्यक व्यवस्थापन भइरहेको अस्पतालका प्रबन्ध निर्देशक सगुन कायस्थले बताए।रासस





























प्रतिक्रिया