बेड अभाव भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमित बिरामीले भूईँमै बसेर उपचार गराइरहेका छन्।
कोरोना संक्रमणको दर दिनप्रतिदिन बढेसँगै गम्भिर बिरामीको संख्या पनि थपिदै जाँदा मुलुकभर बेड र अक्सिजनको अभाव देखिएको हो। संघीय राजधानी काठमाडौंको टेकू स्थित सरुवा रोग अस्पतालमा पनि बेड अभाव भएपछि आकस्मिक कक्ष बाहिर भूईँमा नै राखेर बिरामीको उपचार गराइएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले बेड अभाव नभएको भनेर रटान लगाइरहे पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमै यस्तो दृश्य देखिएको छ। वेड अभाव भएपनि चिकित्सकहरुले आकस्मिक कक्ष बाहिर भूईँमै राखेर बिरामीको स्वास्थ्य जाँच गरिरहेका छन्।
आकस्मिक कक्ष बाहिर छरिएर बसेका बिरामीहरु सबैले अक्सिजन लिइरहेका छन्। कतिपय बिरामी त छतबिनाको खुल्ला स्थानमा बस्न बाध्य भएका छन्। दिउँसोको घाम र रातको शीत खेपेरै भएपनि उनीहरु कोरोनाको उपचार गराउन बाध्य भएका छन्।































प्रतिक्रिया