कोरोनाबाट प्रमुख प्रशासकीय अधिकृतको मृत्यु

कोरोनाबाट प्रमुख प्रशासकीय अधिकृतको मृत्यु

केन्द्रबिन्दु
0
Shares

कोरोना संक्रमणबाट झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको सोमबार मृत्यु भएको छ ।

नपाका लागि भारतीय दूतावासबाट प्राप्त भएको एम्बुलेन्स लिन काठमाडौं पुगेर फर्किएपछि उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । गत वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएपछि केही दिन आफ्नै क्वार्टरमा र त्यसपछि दुई दिन नगरपालिकाले स्थापना गरेको आइसोलेशनमा बसेका उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बिएण्डसी अस्पतालमा भर्ना गरिएको थियो ।

उनको उपचारका क्रममा सोमबार निधन भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।

Logo