माग अनुसार अपर्याप्त भएपछि रक्तदान कार्यक्रम निरन्तर

माग अनुसार अपर्याप्त भएपछि रक्तदान कार्यक्रम निरन्तर

केन्द्रबिन्दु
0
Shares

नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रले कोभिड–१९ का महामारीमा रगत सङ्कलनलाई जारी राखेको छ। मानवीय सेवाको सर्वोच्च संस्था रेडक्रसलले रगतको अभाव हुन नदिन जनस्वास्थ्यमा आवश्यक सबै मापदण्ड पालना  गरी  देशभर रगत सङ्कलनलाई निरन्तरता दिएको छ। 

क्यान्सर, मिर्गौलाका बिरामी, प्रसूति तथा शल्यक्रिया गर्नुपर्ने बिरामीलाई ताजा रगतको आवश्यक पर्छ। सोसाइटीद्वारा सञ्चालित केन्द्रका निर्देशक दिव्यराज पौडेलले निषेधाज्ञाका कारण काठमाडौँ जिल्लामा दैनिक दुई ठाउँमा २० देखि २५ युनिट मात्र रगत सङ्कलन भइरहेको र स्वयंसेवी रक्तदाता कालीमाटीस्थित केन्द्रमा आइ रगतदान गर्ने गरेका बताए। उनका अनुसार निषेधाज्ञा जारी गर्नुपूर्व काठमाडौँमा दैनिक २०० युनिट सङ्कलन हुने गर्दथ्यो। अहिले यसको २० प्रतिशत मात्र हुने गरेको उनको भनाइ छ। साथै दैनिक ३५० युनिट रगत खपत हुने गर्दथ्यो। 

सङ्कलित रगतले मागको आधामात्र पूर्ति गरेको छ। अहिले दैनिक ५० युनिट रगतको माग हुने गरेको बताइएको छ।  “अहिले क्याम्पबाट सङ्कलित रगतले मागको आधा मात्र पुरा गरेको छ”, उनले भने, “यसैले रगत सङ्कलन अझ बढाउनु आवश्यक छ। म रक्तदातालाई पायक पर्ने स्थानमा पुगि रगत दान दिन आह्वान गर्दछु।” 

केन्द्रले कोरोना सङ्क्रमणको जोखिमलाई ध्यान दिँदै ठूला रक्तदान शिविरलाई स्थगन गरेको जनाएको छ। “क्यान्सर, मिर्गौलाका बिरामी, प्रसूतीलाई नियमित रगतको आवश्यक भइरहने गर्दछ” उनले भने, “ अहिले गरिएको सङ्कलनले ती बिरामीलाई धान्न मुश्किल परेको छ।” बिरामीका आफन्तले पनि  रगत दिइरहेका छन्। सामान्य अवस्थामा देशभर दैनिक एक हजारदेखि एक हजार २०० युनिट र बार्षिक तीन लाख युनिट रगत सङ्कलन हुने गर्दथ्यो। कोरोना कहरका कारण देशभर अहिले २० प्रतिशत मात्र सङ्कलन भइरहेको छ। 

विश्व स्वास्थ्य सङ्गठनले रगतदान र रगत प्राप्त गरेका कारण  कोभिड–१९ को सङ्क्रमण नसरेको जनाएको छ। उनले भने,“ ढुक्क भएर स्वास्थ्यका मापदण्ड पालना गरी रगत सङ्कलन गर्ने ठाउँमा गएर रक्तदान गर्न आग्रह गर्दछु।” उनका अनुसार लक्षण नभएका र खोप लगाएकाले १५ दिनपछि रक्तदान गर्न मिल्ने छ। उनले रगतको अभाव हुन नदिन रेडक्रस शाखा , उपशाखा तथा स्वयंसेवी रक्तदाताले जनस्वास्थ्यमा मापदण्ड पालना गरी सङ्कलनमा सहयोग गरिरहेको जानकारी दिए।रासस

Skip This
Skip This
Logo