नेपाली कांग्रेसका युवा नेता गगन थापाले कोरोना संक्रमित बिरामीका लागि निःशुल्क यातायात सेवा सुरु गरेका छन्।
संक्रमण भएर घरमै आइसोलेसनमा रहेका, अस्पताल जान, आउन, परीक्षण गर्न वा आइसोलेसन सेन्टर जान समस्या भएकाहरूलाई लक्षित गरि उनले निःशुल्क यातायात सुरु गरिएको जानकारी दिएका छन् । काठमाडौं क्षेत्र नम्बर ४ को नेतृत्वमा निःशुल्क यातायात सेवा सुरु गरिएको उनले सामाजिक संजाल ट्वीटरमार्फत जनाएका छन् ।
उनले ९८५१०९६३०३, ९८५१०६५२५६ वा ९८५१०७२१२९ मा सम्पर्क गरेर सहज रुपमा सवारी पाउन सकिने उल्लेख गरेका छन्। यसका साथै हटलाइन नम्बर ९८६०३४०५८७ मा एसएमएस पनि गर्न सकिने उनले बताएका छन्।





























प्रतिक्रिया