काभ्रेमा पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाका अनुसार मृत्यु हुनेहरुमा बनेपा नगरपालिकाका ८४ वर्षिया महिला, नमोबुद्धका ७५ वर्षिया महिला, पनौतीका ६३ वर्षिय पुरुष र धुलिखेलका ६६ वर्षिया महिला रहेका छन् ।
यससँगै काभ्रेमा हालसम्म मृत्यु हुनेहरुको संख्या १३३ पुगेको छ। उनीहरु मध्ये ९२ जना काभ्रेका रहेका छन् भने ४१ जना अन्य जिल्लाका हुन्।
आज चौंरीदेउरालीका ४ जना, बनेपा नगरपालिकामा ६४ जना, धुलिखेलका ४८, नमोबुद्धका १५, पाँचखालका ३, तेमालका १ पुरुष, पनौतीका ८८, खानीखोला ११, भुम्लुमा१२ र मण्डनदेउपुरमा ३५ नयाँ संक्रमित थपिएका छन्।
अब काभ्रेमा संक्रमित संख्या ६ हजार २२३ पुगेको छ। सक्रिय संक्रमितको संख्या २ हजार ५३ पुगेको छ। आज जिल्लामा १६६ जना निको भएका छन्।





























प्रतिक्रिया