काठमाडौं ।
केही महिना अघि ढल मर्मतका लागि खनेको खाल्डोको हालसम्म पनि व्यवस्थापन नहुँदा बुधबार साँझ चाबहिल गोपीकृष्ण हल नजिकै एउटा कार दुर्घटनामा परेको छ ।

बा १४ च २१८६ नं को कार दुर्घटनामा परेको हो । उक्त खाल्डोमा यस अघि पनि धेरै सवारी साधन दुर्घटनामा परेका थियो । कार खाल्डोमा खसेपनि मानवीय क्षति भने भएन । स्थानियवासीहरुले धकेलेर कारलाई खाडलबाट निकालेका थिए ।
तस्वीरहरु : रासस





























प्रतिक्रिया