ताप्लेजुङको मामाङ्खेवासीका लागि स्वास्थ्य सामाग्री वितरण हुँदै

ताप्लेजुङको मामाङ्खेवासीका लागि स्वास्थ्य सामाग्री वितरण हुँदै

केन्द्रबिन्दु
0
Shares

विश्वभर फैलिएको कोरोना भाइरसले विश्वको जनजीवन अस्तव्यस्त बनेको छ। नेपाल लगायत ताप्लेजुङ जिल्लाको विभिन्न क्षेत्रमा फैलिरहेको यो भाइरसबाट आफ्नो गाउँलाई सुरक्षित राख्ने उद्देश्यले सिरिजंघा गाउँपालिका वडा नं. ६ मामाङ्खेको, मामाङ्खे सहायता समाज र देश विदेशमा छरिएर रहका सम्पूर्ण मामाङ्खेवासीहरुको साझाअभियानबाट मामाङ्खे, कोभिड १९ रिलिफ फण्ड खडा गरिएको छ।

ईन्जिनियर डिल्लीराज मावोको संयोजकत्वमा संचालन गरिएको फण्ड संकलन अभियानमा मुख्यगरि साउदीबाट दुर्गा मावो, अमेरिकाबाट घनेन्द्र मावो, जापानबाट प्रदीप मावो, कोरियाबाट सुरेन्द्र मावो र रमेश वर्देवाको सक्रियतामा चार लाख ५० हजार बराबरको रकम संकलन भएको छ। 

पहिलो चरणमा दुई लाख पचास हजार बराबरको स्वास्थ्य सामाग्री, मास्क, सेनिटाइजर, पिपिइ सेट, पल्स अक्सिमिटर, सेनिटाइजर स्प्रे केन, थर्मगन, ग्लोप्स, साबुन, इम्युनवुस्टप, फेस मास्क, लगायतका आधारभुत स्वास्थ्य सामाग्रीहरु वितरण गरिने अभियानका अभियन्ता चित्र मावोले जानकारी दिए। 

प्रत्येक घरधुरी, स्वास्थ्यचौकी र सार्वजनिक निकायमा वितरण गर्ने गरि खरिद गरेको सामान प्रत्यक्ष फिल्डमा खटिने रोमा लिम्बु र कैलास मावोले जेठ ७ गते मामाङ्खेको प्रवेशद्वार फुम्फे डाँडामा मामाङ्खे सहायता समाज, वडाका प्रतिनिधि साथै स्वास्थ्यचौकीका प्रतिनिधिलाई हस्तान्तरण गर्नेछन्। यस फण्डबाट तयारी अवस्थाका लागि अक्सिजन सिलिन्डर, टेस्ट किड लगायत आवश्यक सामाग्रीहरु पछिल्लो चरणमा खरिद गरिने बताइएको छ।

Skip This
Skip This
Logo