घरै बसेर कोरोना संक्रमितलाई देशब्यापी परामर्श दिंदै ‘नर्स समुह’

घरै बसेर कोरोना संक्रमितलाई देशब्यापी परामर्श दिंदै ‘नर्स समुह’

केन्द्रबिन्दु
0
Shares

नेपालमा कोरोना महामारीको संक्रमण बढिरहँदा अघिल्लो साताबाट देशब्यापी रुपमा सुरु गरिएको 'कोभिड विशेष नर्स' अभियानले प्रभावकारी ढंगबाट काम गरिरहेको छ। 

यो अभियान मुख्यगरि संक्रमित भइ घरमै बसेका र आइसोलेसनमा रहेकाहरुका लागि बढी प्रभावकारी भइरहेको हो। नेपालका सबै अस्पतालहरु संक्रमितले भरिएका बेला घरमै रहेका बिरामीको स्वास्थ्य अवस्था, आउन सक्ने जटिलता र खानपानको तालिकालाई मध्यनजर गर्दै नर्सहरुको एउटा समुहले अघिल्लो साताबाट 'कोभिड विशेष नर्स समुह' बनाएर यो अभियान सुरु गरेको हो। 

यस अभियानले पहिलो चरण पुरा गरेर अब देशब्यापी रुपमा दोस्रो चरणमा प्रवेश गरेको तालिम सहजकर्ता बन्ही पोखरेलले बताइन्। 'कठिन परिस्थितीमा आ–आफ्नो स्थानबाट महामारीलाई पार लगाउन नेपालभरी नै यो निःशुल्क परामर्शको सेवा सुरु गरिएको हो'–पोखरेलले केन्द्रबिन्दुलाई बताइन्। 

यो अभियानमा अध्ययन तथा अध्यापन गरिरहेका नर्सहरुको ठूलो समुह जोडिएको छ। यसका लागि सातवटै प्रदेशमा संयोजक तोकेर काम अघि बढाइएको हो। तोकिएका संयोजकहरुलाई कोभिड परामर्शका लागि दैनिक सयभन्दा बढी फोन आउने गरेको पोखरेलले जानकारी दिइन्। 

यो समुहले नेपालभरि टेलिफोनमार्फत निःशुल्क गरिरहेको परामर्श र सूचना लिनेहरुको संख्या दैनिक बढिरहेको छ। 'कोभिड विशेष नर्स समुह'ले फ्रन्टलाइमा काम गरिरहेका नर्स तथा अन्य स्वास्थ्यकर्मीका लागि स्ट्रेस म्यानेजमेन्टको कोर्स पनि अनलाइनमार्फत सञ्चालन गरिरहेका छन्।  

फेसबुकमा रहेको 'कोभिड विशेष नर्स समुह' पेजमा गइ थप सेवाका लागि यो समुहसँग सिधा सम्पर्क गर्न सकिन्छ। महामारी बढिरहेकाले अब आउने दिनहरुमा सबै स्थानिय तहसम्मै पुगेर आफ्ना सेवालाई बिस्तार गर्ने योजना यो समुहको रहेको छ। 

Skip This
Skip This
Logo