कोरोना संक्रमित भएर अस्पताल जानै परे के गर्ने, कसरी सुरक्षित रहने?(भिडियो)

कोरोना संक्रमित भएर अस्पताल जानै परे के गर्ने, कसरी सुरक्षित रहने?(भिडियो)

केन्द्रबिन्दु
0
Shares

मुलुकमा कोरोना संक्रमण विकराल बनेसँगै अस्पतालमा शैया उपलब्ध हुन छाडेका छन्। सरकारले पनि महामारी भयानक बन्दै गएको बताएपछि अब के गर्ने भन्नेबारे सर्वसाधारण अन्योलमा देखिन्छन्।

नेपालमा सक्रिय संक्रमित संख्या एक लाख नाघेसँगै स्वास्थ्य संकट देखिएको छ। त्यसो त विश्व स्वास्थ्य संगठनले पनि नेपालजस्तो अल्पविकसित मुलुकमा संक्रमित संख्या एक लाख नाघ्नुलाई जोखिमको संज्ञा दिएको छ। 

यस्तो अवस्थामा सरकार र अस्पतालको मात्रै भर नपरी हामी कसरी सुरक्षित रहन सक्छौं, संक्रमण देखिएमा कस्तो अभ्यास अपनाउन जरुरी छ भन्ने जान्न जरुरी छ। 

कोभिड–१९को कारण अस्पताल नै जानुपर्ने गरी सिकिस्त बिरामी परेमा के गर्ने भन्नेबारे सर्वसाधारणमा कौतुहल बढेको पाइन्छ। आज हामी संक्रमित भएर अस्पताल जानै परे के गर्ने? सुरक्षा सतर्कता कसरी अपनाउने ? भन्नेबारे चर्चा गर्दैछौंः

सर्वप्रथम त, पछिल्लो समय संक्रमण समुदाय स्तरमा व्यापक रुपमा फैलिसकेको कुरा सबैलाई थाहा नै छ। संक्रमणको चेन तोड्न सरकारले निषेधाज्ञा लागू गरेको छ। 

त्यसकारण यस्तो अवसथामा घरमै बसौं, सुरक्षित रहौं अनि निषेधाज्ञाको पालना गरौं। कतै जानुपर्ने भएमा जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्छ। साबुनपानीले मिचिमिची पटक–पटक हात धुने, मास्कको प्रयोग गर्ने, सेनिटाइजर प्रयोग गर्ने र भौतिक दूरी कायम गर्नेजस्ता काम गर्नुपर्छ। यति गरेपछि हामी कोरोना संक्रमणबाट जोगिनरहन्छौं।

तर, असावधानीबस हामीलाई संक्रमण भइहाल्यो र, अस्पताल जानैपर्ने स्थिति आयो भने चाहिँ के गर्ने नि? 

१. नआत्तिने, कुन अस्पताल जाने भनेर निर्णय गर्ने र अस्पतालमा बेड सुनिश्चित गर्ने। 

परीक्षण गर्दा पोजेटिभ देखिए, नेगेटिभ भए पनि लक्षण देखिए वा गाह्रो महसुस भए सर्बप्रथम ११३३ र १११५ नम्बरको हटलाइन सेवामा सम्पर्क गर्ने, त्यसबाहेक ९८५१२५५८३९, ९८५१२५५८३७ नम्बरका मोबाइल नम्बरबाट चौबीसै घन्टा चिकित्सकीय सल्लाह दिने खटिएका स्वास्थ्यकर्मीसँग आफूलाई लक्षण के छ, आफूलाई गाह्रो वा के भएको छ भनेर त्यहाँ सम्पर्क गर्नुपर्छ।

चिकित्सकले घरमै बस्दा गर्न सकिने उपाय भन्नुहुनेछ यदि अस्पताल जानैपर्ने भयो भने नजिकको कुन स्वास्थ्य संस्थामा बेड  खाली छ भन्ने कुराको प्रबन्ध गरिदिने व्यवस्था स्वास्थ्य मन्त्रालयले गरेको छ।

२.एम्बुलेन्समार्फत् अस्पताल जाने। एम्बुलेन्स सेवा प्राप्त गर्न के गर्ने?
हरेक एम्बुलेन्समा प्यारामेडिक हुन्छन्। एम्बुलेन्समामा अक्सिजनजडित हुन्छ । अक्सिजन लेभल घटेका संक्रमितलाई अक्सिजन दिएर अस्पताल पुर्याइए बिरामीलाई राहत पुग्ने छ र, जोखिम पनि कम हुने विज्ञहरु बताउँछन्।

अर्कोतिर, एम्बुलेन्सका लागि पनि स्वास्थ्य मन्त्रालयले तोकेको नम्बरमा सम्पर्क गर्न सकिन्छ। त्यसबाहेक अहिले विभिन्न संस्थाले पनि एम्बुलेन्सको व्यवस्था गरिरहेका छन्। त्यसको प्रयोग गर्न पनि सकिन्छ। नेपाल एम्बुलेन्स सेवाको हटलाइन १०२ मा सम्पर्क गरेर पनि एम्बुलेन्स सेवा प्राप्त गर्न सकिन्छ।

३.अक्सिजनको जोहो कसरी गर्ने?

घरमा बस्दा अक्सिजनको तह अक्सिमिटरको प्रयोग गरेर थाहा पाउन सकिन्छ। तर, अक्सिजन कम भयो भने चाहिँ के गर्ने? अस्पतालमा होस् वा घरमा, यस्तो अवस्थामा संक्रमितलाई अक्सिजन अत्यावश्यक भयो भने अक्सिजन जोहो गर्नुपर्छ।

चिकित्सकले घरमै बस्दा गर्न सकिने उपाय भन्नुहुनेछ यदि अस्पताल जानैपर्ने भयो भने नजिकको कुन स्वास्थ्य संस्थामा बेड  खाली छ भन्ने कुराको प्रबन्ध गरिदिने व्यवस्था स्वास्थ्य मन्त्रालयले गरेको छ।

 अहिले भारत र नेपालकै साझा समस्या अक्सिजन आपूर्ति हो, त्यसैले अक्सिजन खोज्न स्वास्थ्यकर्मीलाई सहयोग गर्नुपर्छ। तर, घरमा अक्सिजनको सिलिन्डर स्टक राख्नु हँुदैन। अहिले त्यही सिलिन्डरको अभावमा धेरैको ज्यान गुमिरहेको छ।

 अर्को अक्सिजनको तह ९२ भन्दा तल पुगे माथि उपलब्ध सम्पर्क नम्बरहरूमा फोन गरेर जानकारी गराउने र ती नम्बरबाट सहजीकरणको प्रयास हुने मन्त्रालयले जनाएको छ।

४.अस्पतालमा अनावश्यक भिड नगर्ने

हाम्रो बानी के छ भने कोही नातागोता बिमारी भएमा हामी सम्पूर्ण परिवारका साथ अस्पतालमा भेटघाटका लागि पुग्छौंं। अहिलेको अवस्थामा पनि मानिस अस्पतालसम्म आउने गरेको चिकित्सकले बताएका छन्।

 तसर्थ, घरमा होस् वा अस्पताल, यो समय भेटघाट गर्ने भन्दा पनि आफू सुरक्षित रहने हो। त्यसैले बिमारीको कुरुवा पनि एक–एकजना मात्र पालो गरेर बस्नुपर्छ। जनस्वास्थ्यको मापदण्ड सम्पूर्ण रुपमा पालना गर्नुपर्छ। त्यसो गर्दा अस्पतालमा भिड कम हुन्छ र, संक्रमण फैलिने जोखिम कम हुन्छ।  

Skip This
Skip This
Logo