प्रहरी चौकीमा आक्रमण, पाँच प्रहरी घाइते

प्रहरी चौकीमा आक्रमण, पाँच प्रहरी घाइते

केन्द्रबिन्दु
0
Shares

सुनसरीको धरानस्थित प्रहरी चौकीमा १०/१२ जनाकाे समूहले आक्रमण गर्दा असईसहित पाँच प्रहरी घाइते भएका छन् ।

बिहीबार साँझ उजुरी दिन आएका एक युवकलाई पच्छ्याउँदै मोटरसाइकलमा हतियारधारी समूहले उक्त उजुरी दिन आएकाे युवालाई आक्रमण गरेका थिए । युवा प्रहरीले बचाउदा प्रहरीमाथि नै आक्रमण भएकाे हाे ।

प्रहरीका अनुसार आफूलाई धम्की आएपछि धरान–३ का प्रसन्न लिम्बू जाहेरी दिन प्रहरी चौकीमा पुगेका थिए । प्रशन्नलाई खोज्दै आएको हतियारधारी समूहले प्रहरीलाई आक्रमण गर्दा प्रहरी चौकीका इञ्चार्ज असई सुमन दाहालसहित ड्युटीमा रहेका पाँच प्रहरी घाइते भएका हुन् । आक्रमणकारीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Logo