भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात गर्नेमाथि अनुसन्धान हुँदै

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात गर्नेमाथि अनुसन्धान हुँदै

केन्द्रबिन्दु
0
Shares

भेरी अस्पताल प्रशासनभित्र अनाधिकृत रुपमा प्रवेश गर्ने तथा ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात एवम् दुर्व्यवहार गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेकाे छ ।

पक्राउ पर्नेहरुमा दाङ तुल्सीपुर उपमहानगरपालिका-११ बस्ने ५० वर्षीय भरत बहादुर रावत, ४६ वर्षीय मान बहादुर रावत र ३० वर्षीय लोकराज रावत रहेका छन् ।

बाँकेस्थित भेरी अस्पतालमा जेठ ४ गतेदेखि उपचाररत दाङ तुल्सीपुर उपमहानगरपालिका-११ वस्ने ५२ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तहरु अस्पतालभित्र प्रवेश गरी तोडफोड गरेका छन् । 

उनीहरूले ईसिजि मेसिन, झ्याल, ढोका तोडफोड गर्नुका साथै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि हातपात, अभद्र व्यवहार गरेको अभियोगमा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई बाँके जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Logo