हाल पहिचान हुन नसकेकाे अन्दाजी २५ वर्षीय पुरुषलाई कुटपिट गरी हत्या गरेको अभियोगमा ४ जनालाई धनगढी उपमहानगरपालिका वसपार्क वडा एरियाबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कञ्चनपुर भिमदत्त नगरपालिका-३ बस्ने डडेल्धुरा अमरगढी नगरपालिका घर भएका १९ वर्षीय प्रबीण ऐर, डोटी पूर्वीचौकी गाउँपालिका-४ बस्ने २० वर्षीय अनिल कुवँर, कैलाली धनगढी उपमहानगरपालिका-१ त्रिबेणी चोक बस्ने १८ वर्षीय किशोर र कैलाली घोडाघोडी नगरपालिका-१ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
धनगढी उपमहानगरपालिका-४ बसपार्कस्थित प्रतिक्षालयमा अपरिचित पुरुष मृत अवस्थामा फेला परेको घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा उनको कुटपिट गरी हत्या गरेको खुल्न आएपछि घटनामा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।































प्रतिक्रिया