प्रहरीकाे सक्रियतामा १० हजार ३५० अक्सिजन सिलिन्डर सङ्कलन

प्रहरीकाे सक्रियतामा १० हजार ३५० अक्सिजन सिलिन्डर सङ्कलन

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा थप १३० वटा अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ। संकलितमध्ये ११४ वटा भरिएका र १६ खाली सिलिन्डर छन् ।

सङ्कलन गरिएका १३० वटा र यसअघिको स्टक रहेका ५० वटा गरी जम्मा १८० वटा सिलिन्डर सोमबार कोभिड अस्पताल र स्वास्थ्य केन्द्रलाई उपलब्ध गराइएको छ।

आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न संघसंस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर सङ्कलन गरी उपलब्ध गराइएको हो ।

नेपाल प्रहरीको सक्रियतामा गत वैशाख २६ गतेदेखि हालसम्म जम्मा १० हजार ३५० वटा सिलिन्डर सङ्कलन गरिएकाे नेपाल प्रहरीले जनाएकाे छ।

Logo