आज ६ हजार ८९८ जना निको भए, ६८ को मृत्यु, संक्रमित कति?

आज ६ हजार ८९८ जना निको भए, ६८ को मृत्यु, संक्रमित कति?

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८९८ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ।

नेपालमा आज ६ हजार ८५ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ८०० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७८९ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या ५ लाख ६६ हजार ५८७ जना पुगेको छ। 

आज ६८ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ४५४ पुगेको छ।

आज २० हजार १६५ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३० लाख ७४ हजार ५७१ जनाको परीक्षण गरिएको छ।

Logo