नेपाल स्काउट बागमती प्रदेशद्वारा कोरोना संक्रमितको शव व्यवस्थापन

नेपाल स्काउट बागमती प्रदेशद्वारा कोरोना संक्रमितको शव व्यवस्थापन

केन्द्रबिन्दु
0
Shares

नेपाल स्काउट बागमती प्रदेशका संयोजक केशरत्न बज्राचार्यसहितको टोलीले शव व्यवस्थापन कार्य गरेको छ। 

कोभिड संक्रमण भइ ग्राण्डी अस्पतालमा उपचाररत ५८ वर्षिय पुरुषको हिजो निधन भएको थियो। मृत्यु पश्चात भने उक्त शव कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएपछि शव नेपाली सेनाले व्यवस्थापन नगरेको र परिवारजनमा कोभिडको त्रास भएकाले नेपाल स्काउटको टोलीले शव व्यवथापन गरेको हो। 

विगत २ सातादेखि ननकोभिड बिमारीहरूलाई एम्बुलेन्स सेवा दिँदै आएको तालिमप्राप्त टोलीले आज शव व्यवथापनको कार्य पनि गरेको र आवश्यक परेको खण्डमा कोभिड संक्रमितको शव व्यवथापनमा समेत तयारी रहेको टोलीनेता बज्राचार्यले बताए। 

नेपाल स्काउटले नेपालमा कोरोना महामारी भित्रिए यता, कोरोना नियन्त्रण, रोकथाम, राहत र शव व्यवस्थापनको कार्य गर्दै आइरहेको छ।

Skip This
Skip This
Logo