गएको हप्तादेखि हिजो (बुधबार) सम्मको पिसिआर परीक्षण हुने दर घट्न थालेपछि सबैतिर यसबारे चासो हुन थालेको छ।
बुधबार मात्र १६ हजार ८७८ वटा स्वाव नमुना परीक्षण गर्दा ५ हजार ३१६ जनामा संक्रमण रहेको पुष्टि भएको छ। यो परीक्षणमा गएको नमुनाहरुको ३१.४९ प्रतिशत हो ।
यस्तै मृत्युको संख्या १०० जनाभन्दा माथि छ। यसरी परीक्षण गर्ने दर घट्न थालेपछि संक्रमणको जोखिममा नै निषेधाज्ञा हटाउने रणनीति लिएको हो कि भनेर शंका गर्न थालिएको छ। यसै विषयलाई स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेललाई पिसिआर परीक्षण किन घटेको भनि सोधेका छौँ।
डा. पौडेलले संक्रमणका लक्षण भएका व्यक्ति परीक्षण गर्न नआएको अथवा निषेधाज्ञाका कारण परीक्षण केन्द्रसम्म जान नसकेको मुख्य कारण हुनसक्ने बताए। सरकारले पिसिआर परीक्षण घटाउने नभइ बढाएको साथै एन्टीजेन परीक्षण पनि ७७ वटा जिल्लामा पुगिसकेको बताए।





























प्रतिक्रिया