काठमाडौं उपत्यकामा आज ९३७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा आज ९३७ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा आज ९३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंमा मात्रै ७२३ जना, ललितपुरमा १४१ र भक्तपुरमा ७३ संक्रमित थपिएका हुन्।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार २४३ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ८४ हजार ३७३ पुगेको छ।

नेपालमा आज ५ हजार ४२ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट १५०२ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ९२ हजार ९२८ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या ५ लाख ८५ हजार १०० जना पुगेको छ। 

आज ६८ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ७९९ पुगेको छ।

आज १६ हजार ८१४ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३१ लाख ३२ हजार ५९१ जनाको परीक्षण गरिएको छ।

Logo