५० मुरी धान उत्पादन गर्ने किसानलाई नगद पुरस्कार

५० मुरी धान उत्पादन गर्ने किसानलाई नगद पुरस्कार

केन्द्रबिन्दु
0
Shares

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले ५० हजार मुरीभन्दा बढी धान फलाउनेलाई किसानलाई प्रोत्साहनस्वरुप ४२ हजार ५००  उपलब्ध गराउने निर्णय गरेको छ ।

 मिक्वाखोला गाउँपालिकाका अनुसार कृषि उत्पादन वृद्धि गर्न किसानलाई गाउँपालिकाले कसरी प्रोत्साहन र हौसला प्रदानका लागि सो निर्णय गरिएको हो । ५० मुरीभन्दा बढी धान फलाउने सात किसानलाई प्रोत्साहन रकम वापत ४२ हजार ५००  उपलब्ध गराउने निर्णयले उत्साहित बनाएको स्थानीय बताउँछन् ।  

गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउन  र किसानलाई थप प्रोत्साहन गर्न सो नवीनतम योजनालाई कार्यान्वयन गरिएको जनाइएको छ  । पहिलोचरणमा  वडा नम्बर १, २ र ३ का सात किसानलाई सो रकम प्रदान गर्ने तयारी गाउँपालिकाले गरेको छ ।

प्रोत्साहन पाउनेमा वडा नम्बर १ का  देवीमाया श्रेष्ठ, ज्ञानबहादुर लिम्बू, ङिमादावा शेर्पा, निमतेम्बा शेपा, वडा २ का  रबिन्द्र वनेम र  वडा नं ३ का ङिमावाङ्दी शेर्पा र होमनाथ गौतम रहेका गाउँपालिकाका प्रवक्ता थर्ककुमार चोङ्वाङले जानकारी दिए । 

Logo