पाँचथरमा पिकअप दुर्घटना, ताप्लेजुङका दुई जनाको मृत्यु

पाँचथरमा पिकअप दुर्घटना, ताप्लेजुङका दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पाँचथरमा पिकअप दुर्घटना हुँदा ताप्लेजुङका दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा अन्दाजी ३० वर्षीय मिलन विष्ट र अन्दाजी २५ वर्षीया सीता अधिकारी रहेकी छिन्।

उनीहरू दुवै जना ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका वडा नम्बर–२ थेचम्बुका हुन्।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बरबहादुर विश्वकर्माका अनुसार आज बिहान अन्दाजी साढे ९ बजे मेची राजमार्गअन्तर्गत हिलिहाङ गाउँपालिका–७ टारीमा पिकअप दुर्घटना भएको हो।

प्रदेश नम्बर १–०१–००१ च ७६९१ नम्वरको खाद्यान्न सामग्री रहेको पिकअप अनियन्त्रित भई सडकदेखि अन्दाजी ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।

Logo