कोठा बस्नेलाई बलात्कारको प्रयास आरोपमा घरबेटी पक्राउ 

कोठा बस्नेलाई बलात्कारको प्रयास आरोपमा घरबेटी पक्राउ 

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर । आफ्नो घरमा कोठा बस्दै आएकी किशोरीमाथि बलात्कार प्रयास गरेकाे आरोपमा घरबेटी पक्राउ परेका छन् ।

भीमदत्त नगरपालिका-३ भाँसीका ४८ वर्षीय घरबेटी पुष्पराज जोशीलाई प्रहरीले पक्राउ गरेको हाे । उनले आफ्नै घरमा कोठा बसेकी १७ वर्षिया किशोरीलाई बलात्कार प्रयास गरेको आरोप छ।

किशोरीको भाइ कोठामा नभएको बेला माघ १२ गते राति जोशीले किशोरीमाथि बलात्कार प्रयास गरेको भन्दै किशोरी किटानी जाहेरी दिएपछि पक्राउ गरी अनुसन्धान थालिएकाे प्रहरीले जनाएकाे छ ।

 

Skip This
Skip This
Logo