धनुषा घटनाका पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्थापन गर्न उपप्रधानमन्त्री महतोको निर्देशन

धनुषा घटनाका पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्थापन गर्न उपप्रधानमन्त्री महतोको निर्देशन

केन्द्रबिन्दु
0
Shares

उपप्रधानमन्त्री राजेन्द्र महतोले धनुषाको मुखियापट्टी मुसहरनियाँमा शुक्रबार पाँच बालिकाको पोखरीमा डुबेर मृत्यु भएको घटनाप्रति शोक व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्। घटना उपप्रधानमन्त्री महतो निर्वाचित धनुषाको निर्वाचन क्षेत्र नं ३ मा पर्ने मुखियापट्टी मुसहरनियाँको हो।

उपप्रधानमन्त्री महतोद्वारा जारी शोक सन्देशमा सो घटनाले आफूलाई मर्माहत तुल्याएको जनाउँदै दुर्घटनाबारे थाह पाएलगत्तै आफूले धनुषाका प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क गरेर घटनाको सत्य तथ्य विवरण जानकारी गराउन र उचित क्षतिपूर्ति व्यवस्थापन गर्न निर्देशन दिएको उल्लेख गरिएको छ।

धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले बालिकाहरु बाख्रा चराउन गएका बेला पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको बताए। प्रहरीले घटनास्थल पुगेर प्रकृति मुचुल्का उठाई शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याएको जनाइएको छ।

Skip This
Skip This
Logo