काठमाडौं उपत्यकामा आज ५९८ संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ५९८ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा आज कोरोना भाइरसका ५९८ नयाँ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौँमा ३९१, ललितपुरमा १३० र भक्तपुरमा ७७ जना रहेका छन् ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार २९५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख २७ हजार १११ पुगेको छ।

नेपालमा आज ३ हजार ३८४ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट १ हजार २ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ७१ हजार ३०१ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या ६ लाख ६ हजार ७७८ जना पुगेको छ। 

आज ६१ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ३६६ पुगेको छ।

आज १४ हजार ४९४ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३२ लाख ७ हजार २०८ जनाको पीसीआर र १ लाख २ हजार ९४० जनाको एन्टीजेन परीक्षण गरिएको छ। 

Skip This
Skip This
Logo