काठमाडौं उपत्यकामा आज ५४५ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ४५५, भक्तपुरमा १६ र ललितपुरमा ७४ जना संक्रमित थपिएका हुन् ।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार १८७ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४० हजार ४३९ पुगेको छ।
नेपालमा आज २ हजार ७४५ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट १ हजार ६४ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ६३ हजार २५७ रहेको छ।
यससँगै संक्रमितको कूल संख्या ६ लाख १२ हजार २०२ जना पुगेको छ।
आज ४१ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ५०६ पुगेको छ।
आज १३ हजार २९० जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३२ लाख ३१ हजार ६१२ जनाको पीसीआर र १ लाख १९ हजार ५१ जनाको एन्टीजेन परीक्षण गरिएको छ।





























प्रतिक्रिया