सिन्धुपाल्चोकमा बाढीले वेपत्ता बनाएकामध्ये एक जनाको शव फेला परेको छ। इन्द्रावती गाउँपालिकाको भीमटार क्षेत्रमा एक जनाको शव फेला परेको घटनास्थलमा खटिएका डिएसपी प्रकाश सापकोटाले बताए ।
यता जिल्ला प्रहरी कार्यालय सञ्चार शाखाले दिएको जानकारी अनुसार बेपत्ता भएकामध्ये ६ जनाको पहिचान खुलेको छ। जस मध्ये माधव भण्डारी, ज्योति विसी, टीकामाया खड्का, ज्ञानेन्द्र कक्षपति, सुरेन्द्र नेपाल र च्यामा तामाङ बेपत्ता भएको जनाएको छ। नाम खुलाइए पनि ठेगाना भने खुल्न बाँकी छ।
च्यामा तामाङकी श्रीमती पनि बेपत्ता भएको तर उनको पहिचान खुल्न नसकेको बताइएको छ।































प्रतिक्रिया