मेलम्चीमा २० लाखको राहत बाँढेर फर्कियो युवा संघकाे टोली

मेलम्चीमा २० लाखको राहत बाँढेर फर्कियो युवा संघकाे टोली

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको टोलीले मेलम्चीका बाढीपहिरो पीडितलाई राहत वितरण गरेकाे छ। 

युवा संघका केन्द्रिय सचिवालय सदस्य बेनि कार्कीले बताए अनुसार करिव २० लाखको राहत सामग्रीसहित सिन्धुपाल्चोकको मेलम्ची बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेकाे टोली राहत बाँढेर फर्किएकाे छ। 

दुईदिन अघि बाढी र पहिरोका कारण भौतिक तथा मानवीय क्षति भएको स्थान मेलम्चीको लागि संघको टोलीले राहत सामाग्री, विभिन्न स्वास्थ्य सामाग्री तथा बन्दोवस्तीका सामाग्रीहरूसहित अहिले मेलम्ची, हेलम्बुतर्फ गएको थियाे।

एमालेका केन्द्रीय सदस्य तथा संघका इन्चार्ज महेश बस्नेतको विशेष पहलमा भक्तपुरबाट पाँच लाखको सामग्री तथा अन्य विभिन्न जिल्ला तथा सहयोगी संस्थाहरूबाट संकलितसहित करिब २० लाखको राहत, स्वास्थ्य तथा वन्दोवस्तीका सामग्रीहरु लिएर संघको टोली मेलम्चीतर्फ गएको हो ।

भक्तपुरबाट संकलित उक्त पाँच लाखको सामग्रीहरु संघका संघका सचिवालय सदस्य तथा भक्तपुरका संयोजक राजु लबन्जर,सचिवालय सदस्य दिनेश थापा, दिपेश खड्कालगायतले संघका अध्यक्ष किरण पौडेल, उपाध्यक्ष क्षितीज थेवे, संजिव कुमार झा, अशाेक चौलागाईं, उर्मिला सुनुवार तथा महासचिव रमेश आचार्यलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए।

भक्तपुरमा रहेका संघका पदाधिकारी तथा जिल्ला कमिटीको तर्फबाट मृतकका परिवारलाई ४५ हजार नगद रकमसहित संघको जिल्ला कमिटीले करिव पाँच लाख बराबरको सामग्रीहरु संघका संघका अध्यक्ष पौडेललाई हस्तान्तरण गरेकाे हाे।

Logo