सेफ्टी ट्याङ्की भत्किएर सङ्खुवासभामा दुई जनाको मृत्यु

सेफ्टी ट्याङ्की भत्किएर सङ्खुवासभामा दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सङ्खुवासभा, खाँदबारी नगरपालिका–४ सेकाहामा सेफ्टी ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको छ।

सेफ्टी ट्याङ्की भत्किएर खाँदबारी–४ सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ र २५ वर्षीय ईश्वर राईको मृत्यु भएको हो। 

गम्भीर घाइते गुरुङ र राईको जिल्ला अस्पताल सङ्खुवासभामा आइतबार साँझ साढे ७ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविन राईले बताए।  घाइते दुवैलाई स्थानीयवासीले तत्कालै उद्धार गरेर जिल्ला अस्पताल ल्याएका थिए। 

Logo