विदेशमा उत्पादन भएका कोरोनाविरुद्धका खोप नेपालमा पनि परीक्षण हुने

विदेशमा उत्पादन भएका कोरोनाविरुद्धका खोप नेपालमा पनि परीक्षण हुने

केन्द्रबिन्दु
0
Shares

नेपालमा कोरोनाविरुद्धको खोप परीक्षण गर्न बाटो खुलेको छ। नेपाल सरकार मन्त्रिपरिषदको सोमबार बसेको बैठकले विदेशमा उत्पादन/अध्ययन/परीक्षण भइरहेका खोपलाई नेपालमा पनि परीक्षण गर्न सक्ने सैद्धान्तिक सहमति दिँदै बाटो खोलेको हो। 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदिप ज्ञवालीले मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयले नेपाली जनताले खोप पाउने विषय पनि सहज हुने बताए। अहिले विश्वभरिका जनताले लगाइरहेको खोप पनि परीक्षणमै रहेकोले नेपालले खोप उत्पादक कम्पनी अथवा देशलाई परीक्षणको लागि अनुरोध गर्न सकिने बताए। 

परीक्षण गर्न आउने खोप उत्पादकले र त्यो देश जनताको अधिकतम हितलाई ध्यान दिएर काम गर्ने हुँदा अन्यथा लिन नहुने पनि डा. ज्ञवालीले बताए। नेपालमा हेपाटाइटिस, कालाजार, मलेरिया, जापनिज इन्सेफ्लाइटिस जस्ताको सफल परीक्षण भएकाले कोरोनाविरुद्धको खोपको परीक्षण पनि फाइदाजनक हुने डा. ज्ञवालीले बताए।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना सम्बन्धी विभिन्न अध्ययन गरिरहेको बताएको छ। साथै आगामी असार १७ र १८ गते काठमाडौंमा बृहद सम्मेलन गर्न लागेको छ।

Logo