जनकपुरका अधिकांश भाग डुबानमा

जनकपुरका अधिकांश भाग डुबानमा

केन्द्रबिन्दु
0
Shares

एक सातायता परेको अविरल वर्षाले जनकपुरधाम उपमहानगरको अधिकांश भाग जलमग्न भएका छन् । 

वर्षाले नगरभित्रका अधिकांश सडक तथा सरकारी कार्यालयमा पानी जमेको छ । कतिपय घर डुबानमा समेत परेका छन् ।

उपमहानगरका वडा १, २, ३, ४, ७, ८ र १३ डुबानबाट बढी प्रभावित भएका छन् ।

हुलाक कार्यालय, वन निर्देशनालय, नेपाल परिवार सङ्घ, आन्तरिक राजश्व कार्यालय लगायतका कार्यालय डुबानमा परेका छन् ।

एसियाली विकास बैंँकको आर्थिक एवम् प्राविधिक सहयोगमा यहाँ एकीकृत सहरी विकास परियोजना कार्यान्वयनमा छ । डुबान क्षेत्रमा धनजनको क्षति नभएको प्रहरीले जनाएको छ ।

Logo