४ लाख ६१ हजार जनालाई नि:शुल्क मास्क वितरण

४ लाख ६१ हजार जनालाई नि:शुल्क मास्क वितरण

केन्द्रबिन्दु
0
Shares

नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ११६ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ६० हजार ८ सय ७९ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।

साथै पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार २ सय ४७ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ । १ हजार ३८२ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । 

Logo