काठमाडौं उपत्यकामा आज ५६२ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ५६२ जना संक्रमित थपिए


काठमाडौं उपत्यकामा आज ५६२ जना संक्रमित थपिएका छन्। काठमाडौंमा ३७८, भक्तपुरमा ६० र ललितपुरमा १२४ जना संक्रमित थपिएका हुन्।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २११ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ११ हजार ४२९ पुगेको छ।

नेपालमा आज २ हजार ६२२ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ८७७ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ६९० रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ६ लाख ४६ हजार ३६७ जना र एन्टीजेन परीक्षणबाट ३८ हजार ९९४ जना पुगेको छ। 

आज २३ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार २४८ पुगेको छ।

आज ११ हजार ५२७ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३३ लाख ७६ हजार ४१ जनाको पिसिआर र २ लाख ८ हजार २७६ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo