शनिबारदेखि देशैभरि मनसुन थप सक्रिय हुने

शनिबारदेखि देशैभरि मनसुन थप सक्रिय हुने

केन्द्रबिन्दु
0
Shares

जल तथा मौसम विज्ञान विभागका अनुसार आज पाँच वटा प्रदेशमा पानी पर्ने सम्भावना छ।

प्रदेश एक, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा दिउँसो ठूलो पानी पर्ने सम्भावना छ। अहिले पनि यी प्रदेशहरुमा पानी परिरहेको छ।

राति पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना छ। शनिबारदेखि देशैभरि मनसुन थप सक्रिय हुने भएकाले लगातार पानी पर्ने सम्भावना रहेको छ। 

पहाडी क्षेत्रमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

Skip This
Skip This
Logo