उपत्यकाका सिडिओहरुको बैठक बस्दै, लामोदुरीका बस चल्न दिने तयारी

उपत्यकाका सिडिओहरुको बैठक बस्दै, लामोदुरीका बस चल्न दिने तयारी

केन्द्रबिन्दु
0
Shares

आज उपत्यकाका तीन जिल्ला प्रमुखहरुको बैठक बस्दैछ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाबारे छलफल गर्न आज काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको हो। 

यस अघि थपिएको निषेधाज्ञा आज राति १२ बजेबाट सकिने भएकोले यसबारे छलफल गर्न सिडिओहरुको बैठक बस्ने भएको हो।  

अहिले काठमाडौं उपत्यकामा सार्वजनिक र निजी सवारीसाधन चलिरहेका छन्।

आजको बैठकमा जोर बिजोर प्रणालीमा लामो दूरीका यातायात खुला गर्नेबारे छलफल हुने बताइएको छ। अन्य निर्णयहरु पनि हुन सक्ने बताइएको छ। 

गत वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञा पूर्णरुपमा खुलेको छैन।

Logo