काठमाडौं उपत्यकामा निषेधाज्ञा साउन १० गतेसम्म थपियो

काठमाडौं उपत्यकामा निषेधाज्ञा साउन १० गतेसम्म थपियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा साउन १० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ।

पछिल्लो पटक थपिएको निषेधाज्ञा बिहीबार रातिदेखि सकिँदैछ । बिहीबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा साउन १० गतेसम्म लम्ब्याउने निर्णय गरेको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। 

उनले अत्यावश्यक कामले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा नीजि सवारी साधनलाई आवत जावत गर्न दिइने जानकारी दिए। साथै लामो तथा मध्यम दुरीका सार्वजनिक यातायात सञ्चालन गर्नका लागि सिसिएमसीलाई सिफारिस गरिएको पनि उनले जानकारी दिए। 

उनले भने–‘त्रिभुवन विश्वविद्यालय, लोकसेवा आयोगले परीक्षाका कार्यक्रमहरु सञ्चालन गर्ने सूचना निकालेको हुँदा लामो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्ने सम्बन्धमा सिसीएमसीमा अनुरोध गरेका छौँ। सिसीएमसीमार्फत् नेपाल सरकारबाट निर्णय भएपछि लामो दुरी र मध्यम दुरीका सार्वजनिक यातायात सञ्चालन सम्बन्धी निर्णय हुन्छ।’

उपत्यकामा सभा, समारोह गर्न अझै रोक लगाइएको छ । त्यस्तै पार्टी प्यालेस, डान्सबार, नाचघर, स्वीमिङ पुल, शैलुन, ब्युटी पार्लर, हेल्थक्लव, फुटसल, जिमखाना, शैक्षिक संस्थाहरु भने अझै बन्द रहने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए। उनले पसलहरु बेलुकी ७ बजेसम्म खोल्न दिइने पनि जानकारी दिए।

Logo