एकै परिवारका दुईसहित तीन बालकको नुहाउने क्रममा डुबेर मृत्यु

एकै परिवारका दुईसहित तीन बालकको नुहाउने क्रममा डुबेर मृत्यु

केन्द्रबिन्दु
0
Shares

धनुषा र महोत्तरीमा पानीमा डुबेर तीन बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषामा एकै परिवारका दुई बालक रहेका छन्। 

धान रोप्न आमाबुबासँगै खेतमा गएको बेला नजिकै रहेको मखनाहा नदीमा नुहाउने क्रममा डुबेर दुवै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

धनौजी गाउँपालिका–५ बहुअर्बाका श्रीकिशुन कापरका आठ वर्षीय छोरा राकेश कापर र दिपु कापरका छ वर्षीय छोरा आशिकको मृत्यु भएको हो । दुवै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । त्यसैगरि महोत्तरीको जलेश्वरमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जलेश्वर–५ बस्ने चार वर्षीय आरुष कापर आफ्नै घरदेखि एक किमी पश्चिममा रहेको पोखरीमा डुबेर मृत्यु भएको हो। बालक डुबेको खबर प्राप्त भएपछि तत्काल प्रहरी चौकी पर्सापतैली र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी गएर बालकको उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल जलेश्वर पठाइएको थियो। 

उपचारको क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। एक महिनाअघि धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा खाल्डोमा डुबेर एकै पटक पाँच बालिकाको मृत्यु भएको थियो।

Skip This
Skip This
Logo