काठमाडौं उपत्यकामा आज ४७४ कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ४७४ कोरोना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा आज ४७४ कोरोना संक्रमित फेला परेका छन्। थपिएका संक्रमितमध्ये काठमाडौंका ३३० जना रहेका छन्। यसैगरी भक्तपुरमा ८८ र ललितपुरमा ५६ जना संक्रमित थपिएका छन्।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २५८ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३३ हजार ३३२ पुगेको छ।

नेपालमा आज २ हजार ४४५ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ८०३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ८३७ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ६ लाख ६८ हजार ७५१ जना र एन्टीजेन परीक्षणबाट ४९ हजार ७४३ जना पुगेको छ। 

आज ३२ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ५८२ पुगेको छ।

आज ११ हजार ६६४ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३४ लाख ७७ हजार ५१८ जनाको पिसिआर र २ लाख ६६ हजार ६६२ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Skip This
Skip This
Logo