टेकु अस्पतालमा खोप लगाएको प्रमाणपत्र लिन आउनेहरुको थामिनसक्नु भीड

टेकु अस्पतालमा खोप लगाएको प्रमाणपत्र लिन आउनेहरुको थामिनसक्नु भीड

केन्द्रबिन्दु
0
Shares

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लिन आउनेहरुको भीड लागेको छ। 

विदेश जाने युवाहरुलाई सम्बन्धीत देशले कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लिने भएपछि खोप लगाएको प्रमाणपत्र लिनका लागि टेकुमा युवाहरुको भीड बढेको हो । सयौँको संख्यामा मानिसहरुको भीड बढेपछि टेकु अस्पतालमा अस्तव्यस्तता देखिएको छ भने झनै कोभिड–१९ संक्रमणको जोखिम पनि बढेको छ। 

देशका विभिन्न जिल्लाबाट विदेश जानका लागि आएका युवाहरु तीनदिन अघिदेखि लाइन बस्दा पनि आजसम्म प्रमाणपत्र लिने पालो नआएको बताउँछन्। विदेश जानका लागि खोपको आवश्यकता पर्ने र बल्लतल्ल खोप पाएको भएपनि प्रमाणपत्र लिन गाह्रो परेको उनीहरुको भनाइ छ । खोप लगाएको प्रमाणपत्र भएपछि विदेशमा क्वारेन्टीनमा बस्नु नपर्ने जनाइएको छ। ३ दिनदेखि लाइन बस्दा पनि प्रमाणपत्र नपाएपछि सरकारले चुस्त, दुरुस्त सेवा दिनका लागि ध्यान दिनुपर्ने उनीहरुले बताएका छन् ।

कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लिनका लागि धेरै दिनदेखि प्रतिक्षा गर्नुपर्दा खान, बस्नको समेत समस्या भइसकेको युवाहरुले बताएका छन्।

Logo